sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

न्यारोबडी खरिदबारे १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न वायुसेवा निगमलाई निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुने गरी स्पष्ट जवाफ पेश गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिएका हुन् ।

समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए । न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाका कागजात पेश गर्न पनि निर्देशन दिइएको छ ।

सभापति यादवले दुई हप्ताभित्र न्यारोबडी इन्जेक प्रक्रियामा कुनै बद्मासी नभएको विश्वास दिन जरुरी रहेको बताए । निगमले जहाज खरिदपछि बनाएको व्यावसायिक योजना पनि समितिले मागेको छ ।

prabhu bank
nawakantipur long