citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वीगञ्जबाटअनलाइन मार्फत ठगी गरेको आरोपमा  ३ चिनियाँ नागरिक पक्राउ

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

पर्सा । पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्‍ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन् ।

उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्‍न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (एसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेस्कटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्रीहरू बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

himalayan life insurance
igi long