stcnepal long ad
ime life insurance
national life
global ime bank long

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थमन्त्रालयद्वारा १० करोड रुपैयाँ बजेट स्वीकृति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ।

आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हुन लागेको उपनिर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० करोड रकम मागेको थियो।

आयोगले मागेअनुसार मन्त्रालयले रकम खर्च गर्न स्वीकृति प्रदान गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। आयोगले मागेको रकममध्ये झन्डै ८ करोड रुपैयाँ खर्च हुने अनुमान रहेको उहाँको भनाइ छ।

उपनिर्वाचनमा मतगणना कार्य मतदानस्थलबाटै गर्न खोजे पनि कानुनी जटिलताका कारण गर्न नसिकिएको थपलियाले जानकारी दिए।

चैत २२ गते अन्तिम मतदाता नामावली निकाल्ने २४ गते उम्मेदवारी दर्ता गरि २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरि तयारी भइरहेको पनि उनले बताए।

निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत चयनका लागि न्यायाधीशहरूको नाम प्राप्त भएको र चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।

यो उपनिर्वाचनमा उम्मेदवारी परे अनुसार मात्र मतपत्रमा चुनाव चिह्न राखिने भएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि कति उम्मेदवारी परेको छ, त्यतिमात्रै मतपत्रमा चिन्ह राखिने आयोगका प्रवक्ता पौड्यालले जानकारी दिए।

इलाममा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भाग लिनका लागि २० राजनीतिक दल आयोगमा दर्ता भएका छन्।

IME Lifesidebar
kumari