citizens life insurance long ad
stcnepal long ad

संघीय निजामती विधेयक विरूद्व कर्मचारी देउवा निवासमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । संघीय निजामती सेवा ऐन सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको भनिएका अधिकार विहीन एकल ट्रेड युनियनको व्यवस्था, निजामती सेवाको खुला प्रतियोगितामा बहालवाला कर्मचारीलाई पनि ४० बर्षे उमेर हद तोक्ने व्यवस्था, निजामती सेवाका सबै श्रेणीमा आन्तरिक प्रतियोगिता हटाउने व्यवस्था र सामाजिक संजालमा आफ्नो बिचार प्रकट गरेको भरमा सेवा निवृत्त कर्मचारीको पेन्सन रोक्ने व्यवस्था लगायतका बिषयमा नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवा समक्ष नेपाल निजामती कर्मचारी युनियन (संघ) ले गहन छलफल गरेकाे छ । छलफलकै बीच पार्टी सभापति देउवाले कर्मचारी युनियन (संघ) को धारणा अनुसार राज्य व्यवस्था समितिमा आफ्नो अडान राख्न नेपाली काँग्रेसको तर्फबाट राज्य व्यवस्था समितिमा नेतृत्व गर्नुहुने माननीय सांसदलाई फोनमा निर्देशन दिनुभयो ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) को भावनाको उच्च सम्मान गरिदिनु भएकोमा आदरणीय सभापति र यस छलफलमा महत्त्वपूर्ण सहजीकरण र सक्रिय भूमिका रमेश लेखकले निर्वाह गरेका थिए ।

IME Life
kumari