citizens life insurance long ad
stcnepal long ad

यामकुमार कार्की विरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

करार सेवामा कार्यरत अधिकृत कार्कीले गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको हो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौँ अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्ध तथा अतिरिक्त जिम्मेवारीको रूपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शङ्खरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजना, माकलबारीमा खटिई कार्कीले काम गर्दै आएका थिए ।

कार्कीले पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा घटना बाहिरिएको थियो ।

IME Life
kumari