stcnepal long ad
ime life insurance
national life
global ime bank long

गृह मन्त्रालयले इजाजत प्राप्त हतियारको विवरण पठाउन निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । गृह मन्त्रालयले निजी सुरक्षा प्रयोजनका लागि व्यक्तिगत रूपमा राखेका हतियारको विवरण २४ घण्टाभित्र पठाउन देशभरिका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले इजाजतप्राप्त हतियार राख्न अनुमति दिने निकायसँग विवरण माग गरिएको जानकारी दिनुभयो ।

सोमबार सर्वोच्च अदालत परिसरबाट इजाजत लिइएको दाबी गरिएका हतियार र गोली सहित दुई जना पक्राउ परेका थिए ।

हतियार तथा खरखजना ऐन, २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । सोही अनुसार मन्त्रालयले हालसम्मको इजाजत प्राप्त हतियारको विवरण पठाउन पत्राचार गरेको हो ।

मन्त्रालयले हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा सङ्ख्यासहित नवीकरण भए/नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए/नभएको विवरण र बिना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको भए सोसमेत खुलाई विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

सर्वोच्च अदालत सुरक्षार्थ खटिएको प्रहरीले स्वचालित हतियार जिएसजी–५ जर्मन सेमी अटोमेटेड मेसिनगन तथा त्यसमा प्रयोग हुने एक सय थान गोली र दुई थान म्यागेजिन सहित मेडिकल व्यवसायी दुर्गा प्रसाईका सुरक्षा गार्ड दीपक खड्का र राजकुमार धिमाल पक्राउ परेका थिए ।

गृह प्रवक्ता भट्टराईले ती हतियारको इजाजत र वैधानिकताबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

सर्वोच्च अदालत परिसरमा बरामद गरिएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट देशभर प्रयोग गर्न पाउने गरी त्रुटिपूर्ण इजाजत दिएको पाइएको बताइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari