stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा देशव्यापी रूपमा वित्तीय साक्षरता अभियान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैङ्कले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यही चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक ‘२०२४ प्रोटेक योर मनी, सेक्यूर योर मनी’ भन्ने मूलनाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको छ ।

ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्त्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

नेपाल राष्ट्र बैङ्कले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरूले विद्यार्थी, युवा, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरूलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

बैङ्कको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

prabhu mahalaxmi
kumari