stcnepal long ad
ime life insurance
national life
global ime bank long

मर्यादितरुपमा फागु पूर्णिमा (होली) मनाउन जिप्रका काठमाडौँको अनुरोध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले आज सूचना जारी गर्दै होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराएका छन्।

जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैँ(झगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने कार्य नगर्न सबैमा अनुरोध गरेको छ।

विगतका तुलनामा फागु पूर्णिमामा अनावश्यक तडक भडकसहितका विभिन्न खर्चिलारभड्किला कार्यक्रम हुने गरेको उल्लेख गर्दै काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने विषयलाई व्यवस्थित र नियमन गरेकातर्फ ध्यानाकर्षण गराएका छन्। यसवर्षको होली यही ११ गते काठमाडौँमा र १२ गते तराइमा मनाइँदै छ।

 

IME Lifesidebar
prabhu mahalaxmi
kumari