stcnepal long ad
ime life insurance
national life
global ime bank long

रमेश कर्पले चौथो संस्थापक दिवसको अवसरमा विकास र एकतालाई ध्यानमा राख्दै वृक्षारोपण कार्यक्रमको आयोजना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रमेश कर्पले, येही चैत्र ५, २०८० मा आफ्नो संस्थापक स्वर्गीय श्री रमेश गुप्ताको जन्मजयन्तीको अवसरमा उहाँको स्मृति र सामाजिक उत्तरदायित्व प्रतिको प्रतिबद्धतालाई सम्मान गर्दै वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो।

हरेक वर्षझै, संस्थापक दिवस स्वर्गीय  रमेश गुप्ताको मूल्य मान्यतालाई स्मरण गर्दै, तिनै आधारभुत बिस्वासलाई प्रतिबिम्बित गर्ने गरि उहाँको संस्थालाई सम्पदा जस्तो गरि बिकाश गर्ने महान सोचको सम्झना गर्दै यस दिनलाई वार्षिक अवसरको रूपमा सामाजिक सेवा गरेर मनाउने गरिएको कम्पनीले बताएको छ।

यस वर्ष, चौथो स्थापक दिवस, काठमाडौंको जगडोलमा वृक्षारोपण कार्यक्रम रमेश कोर्पका ६ आधारभूत मूल्यहरूः निष्ठा, अभियन्ता, साहस, गति, विश्वसनीयता र व्यावसायिकतालाई केन्द्रित गर्दै मनाइएको थियो।

कार्यक्रमकै अवसरमा कम्पनीका अमुल्य कर्मचारीहरुको लगाव र कार्यकुशलताको उचित सम्मान पनि गरिएको थियो र जसले कम्पनीको मुल्य मान्यता र संस्कारलाई जिवित राख्न मद्धत गरेको कम्पनीले जनाएको छ।

कार्यक्रमको क्रममा, कम्पनी संग लामो समयसम्म संलग्न भएका सबै कर्मचारीहरुलाई, उनीहरूको समर्पण र कार्यसम्पादनको लागि सम्मान गरिएको थियो, जसले यस कम्पनीको मूल सिद्धान्तहरूलाई समर्थन गर्ने संस्कृतिलाई मन्यता दिईएका थिए।

नेपालको प्रतिष्ठित व्यवसायीक संस्थाहरु मध्ये एक रमेश कर्पले दिगो विकास, सामाजिक उत्तरदायित्व र सहभागीता र उत्कृष्टतालाई संस्कारको रुपमा बिकास गर्दै आएको छ। वृक्षारोपण कार्यक्रम तथा कर्मचारीको उचित मुल्याङ्कन र सम्मान जस्ता कार्यक्रमले रमेश कर्पले आफ्नो वातावरण र समाजप्रतिको दायित्वबोध लाई निरन्तरता दिदै आएको छ।

IME Lifesidebar
kumari