stcnepal long ad
ime life insurance
national life
global ime bank long

आजदेखि  देशव्यापी रूपमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । देशव्यापी रूपमा दादुरा–रुबेला विरुद्धको खोप अभियान आइतबारदेखि सुरु हुने भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमले दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको जानकारी दिनुभयो ।

उहाँले कोरोना महामारीका कारण नियमित खोप लगाउन छुटेकाले दादुराको प्रकोप देखा परेको बताउनुभयो । उहाँले खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ ।

तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिन लागिएको हो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले तराई र काठमाडौँ उपत्यकाका जिल्लामा धेरैजसो १५ वर्षमुनिका बालबालिकामा दादुरा देखिएकाले यी जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको बताउनुभयो ।

२०७९ मङ्सिर ३ देखि २०८० पुस १५ सम्मको तथ्याङ्क अनुसार ती जिल्लाका एक हजार ३४९ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये एक जनाको निधन भएको छ ।

नेपालमा ३५ वर्षअघिदेखि दादुरा र ११ वर्षदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ । सरकारले सन् २०१९ मा दादुरा–रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । सो लक्ष्य प्राप्त नभएपछि पुनः २०२३ सम्ममा नियन्त्रण गर्ने अर्को लक्ष्य रोखेको थियो ।

डा। गौतमले ५१ जिल्लामा भने नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने बताउनुभयो । अभियानमा ५० हजार स्वयंसेवक तथा ३० हजार स्वास्थ्यकर्मी परिचालित हुने छन् । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकिएको छ ।

ती जिल्लामा यस पटक खोप अभियान सञ्चालन गरिने छैन । खोप अभियान बालबालिकाका लागि खोप विकास गरिरहेको संस्था गाभीको सहयोगमा सञ्चालन हुन लागेको हो ।

अभियानमा गाभीको एक अर्ब १२ करोड ६७ लाख बराबरको सहयोग रहेको छ भने नेपाल सरकारले २३ करोड २१ लाख गरी करिब एक अर्ब ३५ अर्ब बराबर खर्च हुने छ ।

IME Lifesidebar
kumari