citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल एपीएफ अस्पताल बलम्बुमा अन्कोलोजी युनिट स्थापना

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल एपीएफ अस्पताल बलम्बुमा अन्कोलोजी युनिट स्थापना भएको छ । अस्पतालको २२औँ वार्षिकोत्सवको अवसर पारेर बुधबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्वकेन्द्रीय अध्यक्ष श्रीमती कल्पना थापाले ‘सहवीर थापा अन्कोलोजी युनिट’को संयुक्त रूपमा उद्घाटन गरेका छन् । पूर्वसशस्त्र प्रहरी महानिरीक्षक स्व। सहवीर थापाको स्मृतिमा उक्त युनिट स्थापना गरिएको हो ।

अन्कोलोजी युनिट सञ्चालन गर्न स्थापना गरिएको अक्षयकोषमा महानिरीक्षक अर्याल तथा उनको परिवारको तर्फबाट ५ लाख रुपैयाँ प्रदान गरिएको छ ।

साथै वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले समेत सहयोग रकम प्रदान गरेका छन् ।

महानिरीक्षक अर्यालले अस्पतालमा निर्माण भएको नयाँ इमरजेन्सी भवनको समेत उद्घाटन गरेका छन् ।

उनले अस्पतालमा कार्यरत रही वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत कदरपत्र प्रदान गरेका छन् ।

himalayan life insurance
igi long