citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

१५ लाख रुपैयाँ घुस सहित पक्राउ परेका बनेपा–९ का वडाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

१५ लाख रुपैयाँ घुससहित पक्राउ परेका बादेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनी गएको ३ गते घुस रकमसहित पक्राउ परेका थिए ।

आयोगको टोलीले अध्यक्ष बादेको साथबाट जापानी रुपैयाँ १० हजार र अमेरिकी डलर एक सय रुपैयाँ पनि बरामद गरेको छ ।

himalayan life insurance
igi long