macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

भ्यालेन्टाइन अन्तर्गत आज ‘चकलेटडे’

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट(डे। चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा अन्तर्गत पर्छ ।

जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चकलेट उपहारको रूपमा प्रयोग हुने गरिन्छ।

विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।

आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चकलेट दिएर खुसी बनाउँन सकिन्छ । प्रेम सप्ताहको तेस्रो दिन आफूले माया गरेको मान्छेलाई पनि चकलेट दिने चलन छ । चकलेट जस्तै मिठो सम्बन्ध बनोस् भनेर यो दिन चकलेट साटासाट गरेर मनाइन्छ ।

सबै चकलेट स्वास्थ्यका लागि फाइदाजनक छन् भन्ने होइन, तर छानेर राम्रो गुणस्तरका चकलेट खाने हो भने यसले धेरै फाइदा गर्छ ।

himalayan life insurance
igi long
NTA long ad