stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल वायुसेवा निगमकाले क्याप्टेन शाक्यलाई ३२ लाख रकम बुझाउन ताकेता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल वायुसेवा निगमका कर्मचारी समेत रहेका क्याप्टेन अनिसमान शाक्यलाई संस्थामा बुझाउनुपर्ने ३२ लाख दुई हजार ८३२ रकम तत्काल बुझाउन ताकेता गरेको छ । आइतबार ३५ दिने सूचना प्रकाशन गरी निगमले क्याप्टेन शाक्यको नाम सार्वजनिक गरेको छ ।

काठमाडौँ महानगरपालिका १८ स्थायी घर भई हाल बुढानीलकण्ठ नगरपालिका ४ बस्ने ३६ वर्षीय शाक्यले निगमबाट राजीनामा दिएका छन् । तर बुझाउनुपर्ने रकम बुझाएमा मात्र राजीनामा स्वीकृत गर्न सकिने निगमले जनाएको छ ।

३५ दिनभित्र रकम नबुझाएमा ब्याज र हर्जानासमेत चल अचल जायजेथाबाट असुल उपर गरिलिने सूचनामा उल्लेख गरेको छ ।

IME Lifesidebar
kumari