stcnepal long ad
ime life insurance
national life
global ime bank long

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट एक हप्तादेखि अवरुद्ध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विद्यार्थीलाई अनलाइनबाट शैक्षिण प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट एक हप्तादेखि अवरुद्ध भएको छ ।

गएको माघ १५ गते अनलाइन सेवाको शुरुवात भए लगत्तै वेबसाइट ह्याक भएर अवरुद्ध भएको हो । कमजोर सुरक्षा प्रणाली रहेको भन्दै कक्षा १२ मा पढ्ने एकजना विद्यार्थीले वेबसाइट ह्याक गरेको स्वीकार गरेका छन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सुरक्षासहितको वेबसाइट बनाउन लागिएको र आज भोलिमै सञ्चालनमा आउने बताएको छ । वेबसाइट सञ्चालनमा आएपछि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट शुरु हुने त्रिविको भनाइ छ ।

अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोन मार्फत् विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ ।

आवेदन अनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत वितरण गरिने र प्रमाणपत्र सङ्कलन गर्दा स्वयम् विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने विश्वविद्यालयले यसअघि नै निकालेको सूचनामा उल्लेख छ ।

परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्कसिट र अरु कागजात लिन विद्यार्थीले धेरै दुःख पाउनुपर्ने गुनासो बढेपछि त्रिविले अनलाइनबाट सेवा दिन लागेको हो ।

तर आवश्यक गोपनीयता तथा सुरक्षाको ख्याल नगरी वेबसाइट सञ्चालनमा ल्याउँदा अहिले समस्या देखिएको छ ।

IME Lifesidebar
kumari