citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

तत्कालीन मालपोत अधिकृत विरुद्ध ४ करोड ४० लाख रुपैयाँको स्रोत नखुलेपछि भ्रष्टाचार मुद्दा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा अहिले मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयाका शाखा अधिकृत मीनबहादुर भट्टराई विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा ४ करोड ४० लाख रुपैयाँ बिगो र जरिबानासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

भट्टराईको पारिश्रमिक आय, अंशबन्डामा लिएको नगद, जग्गा बिक्री, शेयर बिक्री, ऋण सापटी लिएको, भत्ता बापत प्राप्त आय, कृषि आय, बीमा फिर्ता रकम, घर बहाल आय र गाडी बिक्री समेत गरी जम्मा वैध आय ५ करोड ९४ लाख ६७ हजार १ सय रुपैयाँ देखिएको छ ।

तर उनको विभिन्न ठाउँमा भएको लगानी, सम्पत्ति र बचत हेर्दा १० करोड २३ लाख ९२ हजार २ सय रुपैयाँ देखिएको थियो ।

कुल आयबाट वैध आय घटाउँदा बाँकी रहेको ४ करोड ४० लाख रुपैयाँको स्रोत नखुलेकाले भट्टराईविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

himalayan life insurance
igi long