citizens life insurance long ad
stcnepal long ad

नेपाल प्रहरीलाई इम्बोस्ड नम्बर प्लेट रिड गर्ने मेसिन हस्तान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन मेसिन (आरएफआईडी) नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने आरएफआईडी मेसिन हस्तान्तरण गरेका हुन् ।

मन्त्री ज्वालाले सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तरगत कार्यविभाजनका डीआईजी भरत बोहोरालाई हस्तान्तरण गरेका हुन् । हाललाई ५ थान हस्तान्तरण गरिएको यो मेसिन छिटै १०० थान हस्तान्तरण हुने यातायात व्यवस्था विभागले जनाएको छ।

हाल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था भए पनि यसमा उपलब्ध डेटा रिड गर्ने कुनै पनि प्रणालीको व्यवस्था थिएन।

योसँगै अब भौतिक पूर्वाधार मन्त्रालयको यातायात व्यवस्था विभागले देशका विभिन्न नाकाहरूमा इम्बोर्डस प्लेट रिड गर्ने गेटको समेत निर्माण गरिरहेको छ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले सवारी साधनमा इम्बोर्डस प्लेट जडान गरेसँगै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले समेत यो प्रणाली महत्त्वपूर्ण हुने बताए । कार्यक्रममा डेमो गरेर मेसिन परीक्षणसमेत गरिएको थियो ।

IME Life
kumari