citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सरकारद्वारा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौला बर्खास्त

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद् स्रोतका अनुसार माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले लगेको सिफारिसलाई पारित गर्दै बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

यसबारे आफूलाई कुनै जनाकारी नआएको बोर्डका कार्यकारी निर्देशक बसौलाले बताए । ‘बोर्डकै कार्यक्रमका  लागि काठमाडौँ बाहिर थिए ।

बागमती र कोशी प्रदेशमा बिमाको समीक्षा चलेको थियो । अध्यक्ष र म त्यतै थियौँ’, उनले भने, ‘९ गतेदेखि उतै थिए, हिजो राति मात्र काठमाडौँ आइपुगेको छु । यसबारे केही थाहा भएन ।’

यसअघि पनि मन्त्री बस्नेतले बसौलालाई तीन दिनको म्याद दिएर असोज ४ मा स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण सोधिएपछि असोज २६ को मन्त्रीस्तरीय निर्णयबाट बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको थियो ।

मन्त्रालयको निर्णयविरुद्ध बसौला कात्तिक १७ मा सर्वोच्च गएका थिए । सर्वोच्चले बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न पुस ६ मा अन्तरिम आदेश जारी गरेको थियो ।

gold
himalayan life insurance long ad