macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

राहदानी विभागका इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर प्रदीप भट्टराईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एक सेवाग्राही विरुद्ध घुस रकम लेनदेनको अभियोगमा राहदानी विभागमा तत्कालीन करारमा कार्यरत इन्जिनियर प्रदीप भट्टराई र सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध मुद्दा दायर गरिएको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत सापकोटाबाट ३४ हजार घुस लिएको अख्तियारको दाबी छ ।

सँगै सुमित्राले घुस–रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनी विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीहरूसँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।

himalayan life insurance
igi long
NTA long ad