stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौंको चुनिखेल फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा आज चार घन्टा बिजुली काटिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको चुनिखेल फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा आज चार घन्टा बिजुली काटिने भएको छ।

बुढानीलकण्ठ वितरण केन्द्रको उक्त फिडर अन्तर्गत पर्ने भंगाल, बिजुली भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ति, बासबारी, गणेश चोक, स्पेशल चोक लगायतका स्थानमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

ती क्षेत्रमा बिजुलीको भूमिगत प्रसारण लाइनको काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। निर्धारित समय अगावै काम सम्पन्न भएमा अगाडि नै लाइन सुरु हुने प्राधिकरणले जनाएको छ।

prabhu mahalaxmi
kumari