macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

ललितपुरको नापी कार्यालयका नापी सर्वेक्षक सहित ३ जना घुस लिएको आरोपमा पक्राउ

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।

आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको हो ।

उनीहरू तीन जना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

himalayan life insurance
igi long
NTA long ad