evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

पञ्जीकरण विभागको सफ्टवेयर र बायोमेट्रिक्स राहदानी विभागमा प्रयोग गरिने

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । राहदानी विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रणाली प्रयोग गर्ने भएको छ ।

उक्त सफ्टवेयर प्रयोगमा ल्याएमा सेवाग्राहीले राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिनु नपर्ने अधिकारीहरूले बताएका छन् ।

सोमबार यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको छ ।

बैठकपछि सम्बन्धित विभागहरूलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र  बायोमेट्रिक्स प्रयोग गर्न  निर्देशन दिएको पनि परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउँदा सेवाग्राहीले फोटो खिचाउने र बायोमेट्रिक्स दिँदै आएका छन् । परराष्ट्र मन्त्रालयले राहदानीका लागि उक्त परिचय पत्र अनिवार्य गरेको छ ।

अहिले सेवाग्राहीले पञ्जीकरण विभागमा बायोमेट्रिक्स दिए पनि राहदानीका लागि राहदानी विभागमा समेत अनिवार्य बायोमेट्रिक्सका लागि उपस्थित हुनैपर्ने बाध्यता छ ।

igi long
himalayan life insurance long ad