macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

हुण्डी कारोबारमा संलग्न आरोपी र भरिया पक्राउ

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । हुण्डी कारोबारमा संलग्न आरोपी र भरियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएका  ४२ व र्षीय राजु गौतम र काभ्रेपलाञ्चोक घर भएका ३९ वर्षीय भिमसेन गौतम छन् ।

काठमाडौँको महावौद्धमा इलेक्ट्रिक पसल ‘राधाकृष्ण जनरल स्टोर’ सञ्चालन गर्दै आएका राजु हुण्डी कारोबारी हुन् । मुख्य आरोपीको भरिया हुन् भिमसेन ।

उनीहरुको साथबाट १३ लाख ७५ हजार नगद र ७ लाख ९७ हजार बराबरको चेक बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।

उनीहरु महावौद्धबाट पक्राउ परेका हुन् । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी केसीले जानकारी दिए ।

himalayan life insurance
igi long
NTA long ad