sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

कोरियाबाट २२८ जना नेपाली लिएर आयाे कोरियन एयर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भिसा सकिएका २ सय २८ जना नेपाली शनिबार स्वदेश आइपुगेका छन् । उनीहरुलाई लिएर आएको कोरियन एयरको जहाज शनिबार बिहान ८ बजेर १० मिनेट जाँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

कोरियाले नेपाली कामदार लिन पठाएको जहाज यात्रुबिनै नेपाल आउन लागेको थाहा पाएपछि गैरआवासीय नेपाली संघ र नेपाली दूतावासले कोरियाबाट नेपाली उडाउन पहल गरेका थिए ।

जहाजले नेपालबाट फर्किँदा कामदार लिएर जाने छ । ईपीएसमार्फत कोरिया गएका ४ हजारभन्दा बढी नेपालीको भिसा सकिएको छ । नेपाली दूतावासले केही समयअघि भिसा सकिएका एक हजारभन्दा बढी नेपालीको नामावली नेपाल सरकारलाई पठाएको थियो । त्यही नामावलीभित्रका नेपाली नागरिक शनिबार नेपाल आइपुगेका हुन् ।

दूतावासका अनुसार बिरामी, सुत्केरी र अन्य जटिल समस्यामा रहेकालाई प्राथमिकता दिइएको छ । अवैधानिक रूपमा बसेको अभियोगमा कोरियाका विभिन्न जेलमा रहेका १४ नेपाली पनि सोही उडानमा फर्किएका छन् । दक्षिण कोरियाली सरकारले अवैधानिक रूपमा बसेकालाई पक्रिएर डिपोर्ट गर्छ । डिपोर्ट गर्दा आपराधिक गतिविधिमा लागेको नभए तुरुन्तै पठाउने भनिए पनि कोरोनाका कारणले लामो समयदेखि उडान नहुँदा उनीहरू जेलमै थिए ।

gold
kumari bank
nawakantipur long