citizens life insurance long ad
stcnepal long ad
national life

माघे सङ्क्रान्तिका लागि चाकुको माग बढ्यो,

Prabhu Insurance Long Ad

काठमाडौं । माघे सङ्क्रान्तिका लागि चाकुको माग बढेको छ । माग धेरै हुँदा उद्यमीलाई चाकु बनाउन चटारो छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन छ । त्यसैले यो बेला चाकुको खपत पनि धेरै हुन्छ ।

खपत निक्कै हुने भएकाले यतिबेला काठमाण्डौको टोखाका चाकु उद्यमीलाई भ्याइनभ्याइ छ । टोखामा १५र१६ वटा चाकु उद्योग सञ्चालनमा छन् । उनीहरुले माघे सङ्क्रान्तिका लागि मङ्सिरदेखि नै चाकु बनाउन थालेका हुन् । चाकु उद्यमी सन्तमाया श्रेष्ठका अनुसार विगतका वर्षहरुमा भन्दा यो वर्ष चाकुको व्यापार राम्रो छ । माग धान्न मुश्किल परेको उहाँ बताउनुहुन्छ ।

सख्खरलाई  पकाएर राम्रोसँग  फिटेपछि बन्ने चाकु माघे सङ्क्रान्तिमा परिकारको रुपमा खाने गरिन्छ । अरु बेला पनि चाकु बनाउने गरेको तर माघे सङ्क्रान्ति नजिकिएसँगै माग उच्च हुने गरेको टोखा चाकु संरक्षण समितिका उपाध्यक्ष बुद्ध श्रेष्ठले बताउनुभयो ।

चाकु उपत्यकाभित्र र बाहिर खपत हुने गरेको छ । उद्यमीका अनुसार पछिल्लो समय अमेरिका, युरोप, अष्ट्रेलिया र चीनलगायतका देशमा समेत चाकु जाने गरेको छ । उपाध्यक्ष श्रेष्ठका अनुसार अहिले चाकुको माग धेरै तर सीमित उद्यमी भएकाले भ्याइनभ्याइ छ ।

उहाँका अनुसार विगतमा चाकु परम्परागत रुपमा नै बनाउने गरिएको भए पनि पछिल्लो समय आधुनिक मेसिनको पनि प्रयोग हुन थालेको छ । तर चाकुको गुणस्तर मापदण्ड सबै पूरा गर्न नसक्दा विदेशमा निर्यात गर्न केही समस्या हुँदै आएको उद्यमी सन्तमाया श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, अर्का चाकु उद्यमी कृष्णलाल श्रेष्ठले चाकु उत्पादनको काम गरेको चार पुस्ता भएको र अहिलेसम्म टोखाको चाकु बिक्री नभएको भन्ने अवस्था नरहेको बताउनुभयो ।

पोषणविद्का अनुसार चाकुले शरीरलाई ताप र शक्ति दिने तथा सुत्केरीले पनि खान मिल्ने भएकाले स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ।

माघे सङ्क्रान्तिमा घिउ र चाकुको परिकार खाने चलन छ । माघ एक गतेमात्र नभएर जाडोमा अरु बेला पनि चाकु खान सकिने पोषणविद् डा। अरुणा उप्रेतीले बताउनुभयो।

himalayan life insurance
igi long