stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उखु किसानलाई अट्ठाइस करोड भुक्तानी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

बर्दीबास । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले किसानलाई उखुको भुक्तानी दिन थालेको छ । मिलले उखु खरिद गरेकोे सात दिनभित्रै भुक्तानी गर्ने नीति अनुसार नयाँ रेट प्रतिक्विन्टल ५६५ रुपियाँको दरले किसानको खातामा रकम जम्मा गर्न सुरु गरेको छ ।

मङ्सिर ४ देखि क्रसिङ सुरु गरेको एभरेस्टले पुस २० सम्मको चार लाख ९४ हजार क्विन्टल उखुको २८ करोड ६५ लाख रुपियाँ भुक्तानी गरेको महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताउनुभयो ।

एभरेस्टले बिदाको दिनबाहेक खरिद गरेको हरेक सात दिनभित्र उखुको भुक्तानी दिने नीति लिएको छ । अहिलेसम्म चार पटक गरी उखु कृषकको खातामा उक्त रकम जम्मा गरिएको उहाँले बताउनुभयो । “उखु किसानलाई माघेसङ्व्रक्रन्तिमा सहज होस् भनेर पाँचौँ पटकको भुक्तानीका लागि अन्तिम तयारीमा जुटेका छौँ,” शुक्लाले भन्नुभयो ।

विगतका क्रसिङ सिजनमा एक वर्षभन्दा बढी समय बिताएर भुक्तानी दिने गरेका चिनी मिलले समयमै भुक्तानी दिने नीति अवलम्बन गर्नु सकारात्मक भएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो ।

“सरकारले उखुको उचित मूल्य निर्धारण नगर्दा निराश बनेका कृषकलाई समयमै भुक्तानी पाउँदा थोरै भए पनि राहत मिलेको छ,” उहाँले प्रतिक्रिया दिनुभयो ।

चिनी मिलले नियमित भुक्तानी सुरु गरे पनि प्रतिक्विन्टल ७० रुपियाँ अनुदान भने सरकारले कहिलेसम्म दिने हो अनिश्चित छ ।

सरकारले गत वर्ष उखुको ५४० रुपियाँ रेटमा २५ रुपियाँ मात्र थप गरी प्रतिक्विन्टल ५६५ रुपियाँ कायम गरेकाले किसान निराश बनेको कुशवाहाले बताउनुभयो । यो वृद्धिसँगै सरकारले दिने ७० रुपियाँसमेत जोड्दा उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ कायम भएको छ ।

उखु किसानले भने बढ्दो महँगीका कारण उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका थिए ।

एभरेस्टले क्रसिङ सिजन (२०८०/८१) मा न्यूनतम ३० लाख क्विन्टल उखु क्रसिङ गरी दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको छ ।

यो लक्ष्य पूरा गर्न दैनिक ४० हजार क्विन्टल उखु क्रसिङ गरी तीन हजार छ क्विन्टल चिनी उत्पादन गर्दै आएको महाप्रबन्धक शुक्लले बताउनुभयो ।

एभरेस्ट चिनी मिलका प्रमुख उखु महाप्रबन्धक (क्यान म्यानेजर) बिके यादवका अनुसार महोत्तरीका आठ हजार कृषकले यो वर्ष सात हजार बिघामा उखु खेती गरेका छन् ।

prabhu mahalaxmi
kumari