macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपालमा पहिलो पटक सात जनामा कोरोनाको जे एन.१ भेरियन्ट पुष्टि

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार साँझ एक विज्ञप्ती प्रकाशित गर्दै नेपालमा पहिलो पटक सात जनामा कोरोनाको पछिल्लो भेरियन्ट जेएन.१ पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा विज्ञप्तीमा भनिएको छ– ‘हाल विश्वका केही देशहरुमा कोभिड–१९ संक्रमण ओमिक्रोनको नयाँ भेरियन्ट जे.एन.१ को जोखिम बढिरहेको र छिमेकी देशहरुमा पनि संक्रमण फैलिरहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको छ ।

यसै सन्दर्भमा देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा पिसिआर तथा एन्टिजेन पोजिटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मिति २०८० /९ /२२ मा गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएको जानकारी गराउँद छौँ ।’

‘कोभिड–१९ को नयाँ सब–भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य कार्यालयहरूलाई मार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्नुहुन साथै, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध गर्दछौं, विज्ञप्तीमा भनिएको छ– ‘संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि हामी सबै जनस्वास्थ्यको मापदण्डहरू जस्तै भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन अनिवार्य रूपमा पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा अपिल गर्दछ ।’

himalayan life insurance
igi long
NTA long ad