sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित; जस मध्य अधिकांश विद्यार्थीहरू पहिले नै रोजगार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एन्ड ईकमर्सले बिहीबार काठमाडौंमा आयोजना गरेको दीक्षान्त समारोहमा २४८ जना विद्यार्थी दीक्षित भएका छन् ।

सफ्टवेरिका कलेजले करिब डेढ दशकदेखि बेलायत स्थित कोभेन्ट्री विश्वविद्यालयको आइटी पाठ्यक्रमअध्यापन गराउँदै आएको छ भने यहीँ सन् २०२३ मा कम्प्युटिङ र इथिकलह्याकिङ तथा साइबर सेक्युरिटीमा स्नातकतह उत्तीर्ण गरेका २४८ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको हो ।

सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले सबै दीक्षित विद्यार्थीलाई आगामी यात्राक लागि शुभकामना दिदैं, यस आइटीको युगमा विद्यार्थीहरुका लागी यो क्षेत्रमा अवसर नै अवसर रहेको बताएका छन्।

सफ्टवारिका कलेजले आइटी क्षेत्रमा विभिन्न सरकारी र निजी स्तरीय कार्यक्रम आयोजना गर्दै आएको छ र आइटी सम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरुले पनि यस्ता प्रतियोगिताहरुमा संलग्न हुन सके उनीहरुको भविष्यअझ राम्रो हुने उनेको भनाइ थियो । काम गरेर नै धेरै कुरा सिकिने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले दीक्षित सम्पूर्ण विद्यार्थीलाई आफ्नो क्षेत्रसँग सम्बन्धितजुनसुकै काम पाएपनि त्यसमा आबद्ध हुन आग्रह गरेका छन् ।

सफ्ट्वेरिका कलेज प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागी बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कलेज प्रमुख पौडेलको भनाई अनुसार, “अधिकांश दीक्षित विद्यार्थीले स्नातक अघि नै आफ्नो जागिर सुरु गरि सकेका छन् जुन हाम्रो लागी निकै गौरवको कुरा बताएका थिए।“यसले हाम्रो सफलता र उपलब्धिको उत्सवलाई थप बलियो बनाएको कुरा बताए ।

यसले नेपालको आईटी उद्योगका लागि पर्याप्त संख्यामा दीक्षित विद्यार्थी उत्पादन गर्ने सफ्टवारिका कलेजको समर्पणलाई प्रतिबिम्बित गर्दछ र उनीहरूलाई व्यापक रुपमा विकसित हुँदै गइरहेको आईटी क्षेत्रमा विश्वव्यापी चुनौतीहरूको सामना गर्न आवश्यक सीपहरू प्रदान गर्ने जस्ता कुरा पौडेलले बताएका थिए ।

काठमाडौंस्थित हायात होटलमा आयोजना गरिएको उक्त दीक्षान्त समारोहमा विद्यार्थीसँगै अभिभावक समेत सहभागी थिए ।

gold
prabhu bank
nawakantipur long