sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

भारतसँग वार्ताको समान हैसियत बनाउन संविधान संशोधन आवश्यक छः राधेश्याम अधिकारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

नेपालको नयाँ नक्सालाई निशान छापमा समावेश गर्न प्रस्तुत संविधान संशोधनमाथिको छलफलमा उनले भारतसँग वार्ताको समान हैसियत बनाउन पनि संशोधन आवश्यक रहेको बताए । भारतले आफ्नो संसदबाट नक्सा जारी भएपछि पछाडी हट्न नसकिने बताइरहँदा नेपालको संसदले पनि आफ्नो नक्सा पारित गरेपछि वार्ताको समान हैसियतमा पुगिने उनले बताए ।

उनले भने, ‘‘भारत भन्छ हाम्रो संसदले पारित गरेको नक्साबाट हामी फर्कन सक्दैनौँ । किन भने हाम्रो संसदले अनुमोदन गरेको छ । यदि हामीले आज यो नक्सा बनाएनौँ भने स्टाटसको एन्टी कसरी हुन्छ ? पूर्वाअवस्थामा वार्तामा बस्दा तिम्रो पनि संसदले नक्सा पास गरेको छ, हाम्रो पनि संसदले नक्सा पास गरेको छ भन्न पनि यो जरुरी भयो । फेरी पनि कुरा गर्न प¥यो नी भन्न स्टाटसको एन्टीमा पु¥याउन पनि यो जरुरी भयो ।’’

अधिकारीले आज संसदबाट नक्सा पास गरी भोली कालापानीमा गएर लड्ने नभई वार्ताबाट नै सबै समस्या समाधान गरिने बताए । नेपालको मुल लक्ष्य कालापानीबाट भारतीय सेना फिर्ता गरी नेपालको नागरिक शासन लागु गर्नु रहेको उनले बताए ।

उनले वार्तामा जानका लागि नेपालको तर्फबाट बोलीमा संमयमता अपनाउन गरुरी रहेको बताए। उनले भने, ‘‘बोलीमा किन तिक्ता ल्याउने ? यो आवश्यक छैन् । असंमयमित भाषा, टिप्पणी गर्नु नेपालको स्वभाव पनि होइन् र यो विवादलाई अब स्थानीयकरण गरौँ । बाँकी अरु कुराहरुमा नेपाल भारतको मित्रतालाई अगाडी बढाउने हो ।’’

gold
nawakantipur long