sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

अमेरिकी डलरको भाउ कति पुग्यो ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  ।  आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२२ रुपैयाँ २४ पैसा तोकिएको छ । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा अडिइरहेको छ ।

विश्व अर्थतन्त्रमा कोरोना प्रभाव पर्दा लगानीकर्ताको ध्यान डलरतर्फ आकर्षित भएको हो । विश्व बजारमा पेट्रोलियम पदार्थ, सेयर बजार पनि माथि उठ्न सकेका छैनन् । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा पनि खस्केको छ ।

नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सीधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ । डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यही अनुसार नेपाली मुद्राको अवमूल्यन गर्ने परम्परा छ ।

अर्थशास्त्रीहरुले आगामी दिनमा अझै अमेरिकी डलरको भाउ बढ्न सक्ने बताउँदै आएका छन् ।

gold
nawakantipur long