stcnepal long ad
ime life insurance
global ime bank long

पोखरा महानगरपालिका वार्ड नं. १८ मा भूमिहिन, सुकुम्बासी अव्यवस्थित रुपमा रहेका ५६९ जनालाई जग्गाधनि निस्सा वितरण 

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

पोखरा । पोखरा महानगरपालिका वार्ड नं. १८ मा रहेका भूमिहिन, सुकुम्बासी अव्यवस्थित रुपमा रहेका ५६९ जनालाई जग्गाधनि निस्सा वितरण गरिएको छ ।

नेपाल सरकारको निर्णय अनुसार २०७७ मा भूमि आयोग मार्फत भूमिहिन भएका सुकुम्बासी, दलित १० वर्ष देखि जोत भोग गरेका नेपालीलाई जग्गाा धनी बनाउने लक्ष्य अनुसार लागत संकलन, आह्वान गरिए अनुसार र १२०० जनाको आवेदनबाट ९६५ को लागत तयारी गरिएको वार्ड अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले बताए ।

चरणवद्ध रुपमा छुटेका भूमिहिनलाई क्रमशः निस्सा हुदैँ लालपूर्जा वितरण प्रक्रियामा जान वार्ड अध्यक्ष तिमिल्सिनाले बताए ।

निस्सा वितरणको शुभारम्भ गर्दै राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले वास्तविक भूमिहिन भएका नागरीकलाई सकेसम्म प्रक्रियामा ऐन, नियम अनुसार जग्गाधनि प्रमाण पूर्जा वितरणको लागी आयोग सक्रिय रहेको बताए ।

आयोगले कार्यतालिका अनुसार कास्की जिल्लाका ३५ हजार जनाको निस्सा तयारीमा रहेको र वर्तमान आयोगसङ्गै स्थानिय वार्ड समितिलाई मुख्य आधार मानी लगत्तै विवरण सङ्गलन सङ्गै लालपूर्जा वितरण गर्ने गरी कार्य थालनी गरीएको अध्यक्ष पोख्रेलले बताए ।

सो निस्सा वितरण कार्यक्रममा वार्ड सदस्य कल्पना ढकाल, वार्ड सचिव मिना पौडेल, भूमि आयोगका सदस्य उमाकुमारी थापाले निस्सा वितरणले स्थानिय स्तरमा महत्वपूर्ण भुमिका रहेको बताए ।

prabhu mahalaxmi
kumari