stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको सुविधा अनलाइन प्रणालीबाट लिन सकिने भएको छ ।

त्यसका लागि एप प्रयोग गर्नुपर्ने छ । एपमार्फत यात्रुले बस नम्बर, छुट्ने समय, सिट, भाडादर र बिसौनीबारे जानकारी हेरेर आफू अनुकूलको यात्रा सहज बनाउन सक्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताउनुभयो ।

हाल द्रुत बस सञ्चालनको समयतालिका पनि परिवर्तन भएको छ । रिजालले भन्नुभयो, “बिहान सूर्यविनायकदेखि रत्नपार्क आउने मान्छे धेरै हुन्छन् । त्यसैले ३६ वटा बस उतैबाट आउँछन् । दिउँसो ३ बजेपछि यताबाट उता जाने मान्छे धेरै हुन्छन् ।

ती बस फेरि साँझ रत्नपार्कबाट उता जान्छन् ।” यात्रुको चाप हुने समय अनुसार द्रुत बस व्यवस्थापन गरिएको छ । यात्रुले समयमै बस पाउने र बस पनि रित्तै गुड्न नपर्ने अवस्था भएपछि बस राम्रोसँग चलिरहेको रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रुको चाप बिहान र साँझमा हुन्छ । सोही अनुसार तालिकामा परिवर्तन गरिएको छ ।”

विभागको टाइम कार्ड अनुसार बिहान ८ः३० बजे सूर्यविनायकबाट पहिलो बस छुट्छ । त्यसपछि हरेक तीन मिनेटमा बस छुट्छन् । विभागको मङ्सिर २८ गतेको रेकर्ड अनुसार बिहान ८:३० बजे छुटेको ४० सिटको बसमा छुटेको समयमै २५ जना यात्रु थिए ।

त्यसलगत्तै तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट छुटेको अर्को ४० सिटको बसमा ३२ जना यात्रु छुट्ने स्थानबाटै चढेका थिए । सोही दिन रत्नपार्कबाट ३स्३३ बजे छुटेको ३२ सिटको बसमा ३८ जना थिए । महानिर्देशक रिजालले भन्नुभयो, “अहिले सुधार भएको छ । द्रुत बसप्रति यात्रुको आकर्षण बढेको छ । बसहरू सिट फुल भएर चलेका छन् । अझै सुधार गर्दै छौँ ।”

द्रुत बसमा एप जडानपछि जिपिएस प्रणालीमा लैजाने विभागको योजना छ । साथै अनलाइनबाट भाडा भुक्तानी गर्ने व्यवस्था गर्न यातायात व्यवसायीसँग छलफल भइरहेको रिजालले जानकारी दिनुभयो । ३६ वटा बसलाई ६० पु¥याउने काम पनि अघि बढेको छ ।

रत्नपार्क–सूर्यविनायक द्रुत बसको सफल सञ्चालनपछि अन्य रुट र सहरमा पनि विस्तार गरिने विभागले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भन्नुभयो, “अहिले ठिक तरिकाले चलेका छन् । यात्रु आउने क्रम बढेको छ ।

यसलाई प्रविधिसँग जोडेर अझ व्यवस्थित गर्नु पर्छ ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एम्बुलेन्स सहरको ट्राफिक सुविधासहित छुट्टै सडक लेन व्यवस्था गरी असोज ३ गतेबाट द्रुत बस सेवा सञ्चालन गरेको थियो । कार्यालय समयमा हुने अत्यधिक जामलाई ध्यानमा राखेर द्रुत बस सुरु भएको हो ।

विभागका अनुसार १९ स्थानमा बस स्टप तोकिएका छन् । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर, जडीबुटी, कौशलटार, गठ्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने स्थानमा बसस्टप तोकिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari bank
kumari