stcnepal long ad
Himalayan bank

संघीय निजामती विधेयक प्रधानमन्त्री कार्यालयमै गायब

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सरकारले गत संसद् अधिवेशनमा नै संसद्मा दर्ता गर्ने निर्णय गरेको संघीय निजामती सेवा विधेयक साठे तीन महिनादेखि गायब हँदै आएको छ ।

संसद् चालु रहेकै अवस्थामा गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गर्ने निर्णयगरेको थियो । तर, त्यसपछि सो विधेयक एकाएक गायब पारिएको थियो ।

विधेयक गायब पारिएकाले त्यतिखेर संसद्मा दर्ता नै हुन सकेन । दर्ता नभएकाले विधेयक संसद्मा छलफल हुने अवस्था नै नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का र्यालय स्रोतले जानकारी दियो ।

त्यसलगत्तै संसद् अधिवेशन समाप्त भएको थियो । त्यतिखेर प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा ऐन जसरी पनि ल्याएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर, विधेयक गायब भएसँगै प्रधानमन्त्रीको प्रतिबद्धताले हावा खाएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

himalayan life insurance
igi long