citizens life insurance long ad
stcnepal long ad

चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको छ । बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको हो ।

केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा।लि।बीच सम्झौता भएको थियो ।

सम्झौतामा समिति र प्रा।लि।बीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो ।

सोही सम्झौताअनुरुप शुक्रबारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टिआरएस लोजिपार्कले लिएको छ ।

सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका ७ वटै पोर्टहरु निजी क्षेत्र मार्फत सञ्चालन भइरहेका बताउनु भयो । अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट १३५ करोड रुपियाँभन्दा बढी आम्दानी गर्न सकेको उहाँले जानकारी दिनुभयो ।

‘‘विधिवत रुपमा चोभारको सुख्खा बन्दरगाह निजि क्षेत्रमार्फत सञ्चालन र व्यवस्थापन हुँदैछ । अब हामी कन्ट्रयाक म्यानेजमेन्टको पार्ट हेर्छौ । सुपरभिजन, कन्ट्रोलिङ नेपाल इन्टर मोडल यातायात विकास समितिबाट हुन्छ । सञ्चालन र व्यवस्थापन निजी क्षेत्र मार्फत हुन्छ ।

निजि क्षेत्रमार्फत् हामीले हातेमालो गर्दै सञ्चालन र व्यवस्थापन गर्ने गरेको छौँ । निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर पनि बढ्ने ।,’’ निर्देशक गजुरेलले भन्नुभयो, ‘‘र हाम्रो राज्यलाई आउने आम्दानी पनि बढ्ने देखिन्छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सात वटा पोर्ट सञ्चालन भइरहेको छ । सबै पोर्ट निजी क्षेत्रमार्फत सञ्चालन भइराखेको छ । हामीले अघिल्लो वर्ष पनि पोर्ट सञ्चालनबाट १३५ करोड रुपियाँभन्दा बढी स्तरीय सेवा दिएर आम्दानी गरेका छौँ ।’’

निर्देशक गजुरेलले समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने बताउनु भयो । उहाँले सुख्खा बन्दरगाहमा निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर बढ्ने र राज्यको आम्दानीपनि बढ्ने जानकारी दिनुभयो ।

उहाँले सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरुप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिदाँ सेवा र आम्दानीको हिसावले राम्रो परिणा देखाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘सार्वजनिक, निजी साझेदारीको जुन अवधारणा छ, हामीले हाम्रो पोर्टहरुमा अप्लाइ गरिरहेका छौँ । यसले राम्रो परिणाम देखाएको छ ।

सेवाको हिसावमा, आम्दानीको हिसावले र व्यवस्थित सञ्चालनको हिसावले । हाम्रो राज्यको अन्य निकायहरुले पनि यो सिक्नका लागि राम्रो केस स्टडी हुन्छ ।

यसलाई पूर्ण क्षमतामा चलोस् भन्ने हाम्रो उद्देश्य । जबसम्म काठमाडौं–तराई फाष्टट्रयाक बन्दैन तबसम्म यो पूर्ण क्षमतामा चल्दैन र पनि निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोशिस गर्छौं ।’’

उहाँले सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने आफुहरुको उद्देश्य रहेपनि काठमाडौं–तराई÷मधेस द्रुतमार्ग नबनेसम्म पूर्ण सञ्चालनमा नआउने बताउनु भयो । यद्यपी आफूहरुले निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोशिस गर्ने बताउनु भयो ।

सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा।लि।ले चोभारमा सुख्खा बन्दरगाहको कामलाई नमूनाको रुपमा विकास गर्ने बताएको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा।लि।का प्रतिनिधि अनन्त सिंहले आफुहरुले विराटनगर, काँकडभिट्टा, वीरगञ्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा पनि सोही सेवाको निरन्तरता दिने बताउनु भयो । उहाँले चोभार सुख्खा बन्दरगाहलाई राम्रोसँग सञ्चालन गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो ।

IME Life
kumari