citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आजको मौसम : तराईमा हुस्सु र कुहिरो

केही स्थानमा वर्षा र हिमपात पनि

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । देशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

gold
himalayan life insurance long ad