sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एनसेल प्रकरण : अध्ययन समितिले प्राधिकरणसँग माग्यो कागजात

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन गर्न सरकारले गठन गरेको समितिले नेपाल दूरसञ्चार प्राधिकरणसँग केही कागजात मागेको छ ।

समितिले विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरी कागजात मगाएको समितिका अध्यक्ष टङ्कमणि शर्माले बताए ।

त्यसका साथसाथै पटक(पटकको खरिद–बिक्रीको पूर्वजानकारी, विदेशी मुद्रा सटहीका लागि दिएको स्वीकृति लगायतका विषयमा समेत सोधिएको छ ।

प्राधिकरणलाई लेखेको पत्रबारे उनले भने, ‘यस सम्बन्धी जे जस्ता कागजात छन्, तत्काल उपलब्ध गराइदिनु भनी पत्राचार भएको हो ।’

मङ्गलवार नै समितिले दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल अनि अरु सञ्चालक समितिका सदस्यहरूलाई बोलाएर छलफल गरेको छ । त्यसैगरी अरु सरोकारवालाहरूसँग पनि छलफल थालिएको समितिका अध्यक्ष शर्माले बताए ।

एनसेलमा ८० प्रतिशत हिस्सो शेयर ओगट्ने रेनोल्ड होल्डिङ्स नामक सेन्ट किट्समा दर्ता भएको कम्पनीको स्वामित्व हालै मलेसियाको आजियटाले गैर आवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको घोषणा गरेको थियो ।

कम्पनी खरिद बिक्रीको निर्णय सार्वजनिक भएपछि यो कारोबार आकस्मिक र अविश्वसनीय रहेको भन्दै प्रश्न उठेको छ । त्यसपछि सरकारले यसबारे अध्ययन गर्न समिति गठन गरेको हो ।

prabhu bank
nawakantipur long