macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

राष्ट्रिय वाणिज्य बैङ्कले नलगाडमा बैङ्क स्थापना

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

जाजरकोट । राष्ट्रिय वाणिज्य बैङ्कले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी दिनुभयो ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकासहितलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ दल्लीमा वाणिज्यको शाखा स्थापना भएको शाहीले जानकारी दिनुभयो ।

भूकम्पबाट पीडित बनेका यस क्षेत्रका सर्वसाधारणलाई वाणिज्य बैङ्कको शाखा विस्तारले भारी मात्रामा सहयोग पुगेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताउनुभयो ।

वाणिज्य बैङ्क स्थापनाका लागि नगरपालिकाले पटक–पटक माग पत्र पेस गर्दै आएको थियो । द्वन्द्वकालमा नेपाल बैङ्क लिमिटेड दिल्लीबाट सदरमुकाम खलङ्गामा विस्थापित भएको थियो ।

himalayan life insurance
igi long
NTA long ad