stcnepal long ad
global ime bank long

नेपाल आयल निगममा जिम्मेवारी हेरफेर: वितरण विभागमा पूर्ण रिजाल, विराटनगर डिपोमा पोेख्रेलको सरुवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।नेपाल आयल निगम लिमिटेडले मंगलबार साँझ दुई महत्त्वपूर्ण ठाउँमा कर्मचारीको सरुवा गरेको छ।

निगमभित्रको सबैभन्दा शक्तिशाली मानिने आपूर्ति तथा वितरण विभागमा पूर्ण रिजाल आएका छन्। निर्देशक तहका रिजाल हाल कोशी प्रादेशिक कार्यालय, विराटनगरको प्रमुख छन्।

उनी हाल कार्यरत निर्देशक तहका कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ भएकाले महत्त्वपूर्ण विभागमा जिम्मेवारी पाएको निगम स्रोतले जनाएको छ।

त्यस्तै, कोशी प्रादेशिक कार्यालय, विराटनगरको प्रमुखमा उपनिर्देशक नवविनोद पोखरेलको सरुवा भएको छ। उनी हाल केन्द्रीय कार्यालयमा कार्यरत छन्।

त्यस्तै, संस्थागत मामिला हेर्ने नायब कार्यकारी निर्देशक करुणा क्षेत्रीले अवकाश पाएपछि सो ठाउँमा निर्देशक दीपक बराललाई जिम्मेवारी दिइएको छ। उनी यसअघि आपूर्ति तथा वितरण विभाग प्रमुख थिए।

IME Lifesidebar
kumari