macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

पूर्वी नेपालमा ‘मिचोङ्ग’ आँधीको आंशिक प्रभावस् हिमाली भेगमा आज पनि हिमपातको सम्भावना

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

पूर्वी भू–भागमा बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव परेको छ । ‘मिचोङ्ग’ नाम दिइएको सामुद्रिक आँधीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भागसम्म बादल लाग्ने छ । यस्तो अवस्था दुई–तीन दिनसम्म रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । वर्षा र हिमपातसँगै देशभरिको तापक्रममा गिरावट आएको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भागहरुमा हिजै हिमपात र वर्षा भएको छ । यो हिउँदको पहिलो हिमपात र हिउँदे झरीले कृषि बालीलाई फाइदा पुग्ने भन्दै किसानहरु खुशी भएका छन् ।

तर हिमपात र वर्षाले चिसो बढाएछि भने जनजीवन प्रभावित भएको छ । खासगरी बढेको चिसोले जाजरकोट भूकम्पका कारण त्रिपालमूनी बस्न बाध्य भूकम्पपीडितहरुको जीवनयापन कष्टप्रद भएको छ ।

himalayan life insurance
igi long
NTA long ad