stcnepal long ad
ime life insurance
global ime bank long

आर्थिक सञ्जाललाई प्रेस ज्याकेट प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी) का प्रवन्ध निर्देशक फुपु तेन्जिङ्ग शेर्पा र Flytech International का प्रवन्ध निर्देशक नाजिर हुसेनको सहयोगमा आर्थिक सञ्जाल डटकमका प्रधान सम्पादक नीरज रञ्जितलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रेस ज्याकेट प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा आर्थिक सञ्जाल डटकमका सल्लाहकार हरि गोपाल प्रधान, लोकप्रिय नेपाली रर्याप गायक निर्णय श्रेष्ठ र आर्थिक सञ्जाल डटकमका प्रवन्ध निर्देशक पवन रञ्जितको पनि उपस्थिति रहेको थियो ।

प्रेस ज्याकेट सहयोग गरिदिनु भएकोमा दुवै संस्थालाई आर्थिक सञ्जाल डटकमका प्रधान सम्पादक नीरज रञ्जितले धन्यवाद दिनु भएको थियोे । लकडाउनको विषम परिस्थितिमा यसरी सञ्चार क्षेत्रलाई हृदय खोलेर सहयोग गर्नु भएकोमा  आर्थिक सञ्जालका सल्लाहकार हरि गोपाल प्रधानले दुबै संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग संस्थावाट भै रहने अपेक्षा गर्नु भएको थियो ।

prabhu mahalaxmi
kumari