macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल आयल निगम झण्डै तीन वर्षदेखि ऋणमा रहेको ऋणमुक्त बने

पाल आयल निगम झण्डै तीन वर्षदेखि ऋणमा रहेको ऋणमुक्त बनेको छ ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल आयल निगम झण्डै तीन वर्षदेखि ऋणमा रहेको ऋणमुक्त बनेको छ । इन्धनको आपूर्ति सहज बनाउन सरकारबाट लिएको ७ अर्ब ऋणमध्ये अन्तिम किस्ता ७० करोड अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेसँगै निगम मंगलबारदेखि निगम ऋणमुक्त बनेको हो ।

रुस र युक्रेनको युद्धले कच्चा र प्रशोधित तेलको मूल्य बढ्दा निगम २०७७ पुसदेखि नोक्सानीमा जान थालेको थियो । मूल्य बढ्दै जाँदा एकै वर्षमा निगम करिब ५० अर्ब घाटा बेहोरेको थियो ।

त्यसपश्चात् आईओसीसँग इन्धन खरिद गर्दा समेत करिब ३३ अर्ब बक्यौता रहेको थियो । वाणिज्य बैंकसँग ३ अर्ब र सरकारसँग ७ अर्ब ऋण लिएकोमा मङ्गलवार ब्याजसहित सबै चुक्ता गरेको निगमले जनाएको छ । आईओसीको ऋण जून ३१ र ब्याज जुलाई ८ मा तिरेका थियो ।

वाणिज्य बैंकलाई १०।६ प्रतिशतको दरले ब्याज बुझाउने सम्झैता थियो । त्यस्तै, सरकारले भने ५ प्रतिशतको दरले ब्याज बुझाउँदै आएको थियो । अन्तिम किस्ता स्वरूप ७० करोड बुझाएपछि ऋण मुक्त बनेको निगमले जनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad