citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने 

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । एसियाका निर्वाचन व्यवस्थापन निकाय र सम्बद्ध सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधिहरुको सहभागिता हुने गरी यही मंसिर २० र २१ गते निर्वाचन आयोग नेपाल र Asian Network for Free Electionsको संयुक्त आयोजनामा दुईदिने Asian Electoral Stakeholder Forum (AESF) को छैठौं संस्करण आयोजना हुने भएको छ ।

सो सम्मेलनको उदघाटन  उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट मंसिर २० गते र समापन परराष्ट्रमन्त्रीबाट मंसिर २१ गते हुने गरी तय भएको छ ।

एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज र निर्वाचनका विभिन्न आयामहरुमा कृयाशिल गैर नाफामुलक तथा प्राज्ञिक संघसंस्थाका २०० जना भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने उक्त सम्मेलनको मुख्य नारा Building Sustainable Democracies: Addressing Electoral Challenges and Opportunities रहेको छ ।

सो सम्मेलनमा नेपाललगायत अन्य मुलुकहरुका विज्ञ व्यक्तिहरुबाट ७ वटा विषयहरुमा केन्द्रित रही २१ वटा कार्यपत्रहरु प्रस्तुत गरिनेछन् ।

दुईदिने सो सम्मेलनबाट Kathmandu Declaration to Strengthen Democracy and PromoteElectoral Integrity through Electoral Reforms  जारी गरिनेछ । सम्मेलनबारे सबै जानकारीहरु https://aesf6.election.gov.np/मा उपलब्ध छन् ।

 

 

gold
kumari bank