macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सेनाको रथीमा बढुवाका लागि सिग्देल सिफारिस

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली सेनामा रिक्त रथी पदका लागि वरिष्ठतम उपरथी अशोक सिग्देलको सिफारिस भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा अध्यक्ष र बलाध्यक्ष रथी सीताराम खड्का सदस्य रहेको बढुवा समितिले सिग्देललाई बढुवाका लागि शुक्रबार सिफारिस गरेको हो ।

सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले उपरथी सिग्देललाई रथी बढुवामा सिफारिसको सातदिने सूचना प्रकाशित भएको जानकारी दिएका छन् ।

असोजमा तत्कालीन उपरथी ताराध्वज पाण्डेलाई बढुवाका लागि यही समितिले सिफारिस गरेको थियो ।

himalayan life insurance
igi long
NTA long ad