डाबर नेपालले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण
Ms. Ishori Rana -Chairperson and Mr. Harkirat Singh Bedi -Business Head and senior officials of the company handed the cheque toPrime Minister Pushpa Kamal Dahal.
काठमाडौं । डाबर नेपालले भूकम्प पिडितको राहतको लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ ।
डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
डाबर नेपाल यस संकटको घडीमा भूकम्प प्रभावित जिल्लाका जनतासंग ऐक्यवदतामा उभिएको छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाललाई कम्पनीका अध्यक्ष श्रीमती इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेको थियो।
























