citizens life insurance long ad
stcnepal long ad

सीटीईभीटीको सदस्य सचिवका लागि ८ जना प्रतिस्पर्धी

अन्तर्वार्ता मंसिर ८ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त सदस्य सचिव पदका लागि आठ जना प्रतिस्पर्धीको अन्तर्वार्ता मंसिर ८ गते हुने तय भएको छ ।

यसअघि कार्तिक १७ र १८ गतेलाई तय गरिएको अन्तर्वार्ता स्थगित भएको थियो । सदस्य सचिव नियुक्तिका लागि समितिले आवेदकहरूमध्येबाट कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि आठजनाको नाम ‘सर्ट लिस्टेड’ गरेको थियो ।

जसमा हाल निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हालिरहेका महेश भट्टराईसहित अरविन्द कुमार चौधरी, भुवनेश्वर ढुङ्गाना, नलराम देवकोटा, टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य छन् ।

IME Life
kumari