citizens life insurance long ad
stcnepal long ad

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डलाई निर्देशन दिएको हो ।

यसअघि समितिकै जेठ २९ गते बसेको बैठकले विस्तृत अध्ययन नभएको भन्दै तत्कालका लागि यो प्रक्रिया अघि नबढाउन निर्देशन दिइएको थियो ।

प्रधानमन्त्री प्रचण्डले पनि यो प्रक्रिया तत्काल अघि नबढाउन निर्देशन दिएका थिए । त्यसपछि यो प्रक्रिया रोकिएको थियो ।

तर समितिको शुक्रबारको बैठकले सर्वोच्च अदालतको आदेश एवं विस्स्तृत अध्ययनका आधारमा अब लाइसेन्स  रोक्नुपर्ने अवस्था र औचित्य नदेखिएको भन्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

समितिको निर्देशनसँगै अब नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अघि बढ्ने देखिएको छ । यद्यपि, यसमा समितिका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भने फरक मत जाहेर गरेका छन् ।

IME Life
kumari