citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

विद्युत प्राधिकरण भरतपुरले १० दिनमा १ करोड ३७ लाख बक्यौता उठायो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

चितवन । दसैँपछिको १० दिनमा नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र मात्रै पाँच महिना अवधिसम्म विद्युत् महसुल नबुझाउने एक हजार ७९ जना ग्राहकको लाइन काटेको छ ।

कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटी ७ सय ६० जनाबाट एक करोड ३७ लाख रुपैयाँ बढी बाँकी बक्यौता रकम संकलन गरेको कार्यालयका प्रमुख रामु श्रेष्ठले जानकारी दिए ।

“प्राधिकरणले ६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियान अन्तर्गत वक्यौता रकम असुली गरिएको हो उनले  भने तीन हजार चार सय बढी सेवाग्राहीको ६० दिनभन्दा बढीको वक्यौता रहेको छ । ”

अभियान सुरु भएसँगै एक हजार पाँच सय सेवाग्राहीले लाइन काट्नुभन्दा अघि नै वक्यौता तिरेको उनले बताए ।

अभियान अन्तर्गत लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घटेको छ । अहिले वक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या नौ सय ८१ मा झरेको प्रमुख श्रेष्ठले बताए ।

मिटर रिडिङ्को समयले ४० दिनसम्म पनि विद्युत् महसुल नबुझाउँदा थप २५ प्रतिशत दस्तुर लाग्ने उनले बताए । मिटर रिडिङ गरेको एक साताभित्र विद्युत् महसुल बुझाएमा दुई प्रतिशत छुट पाइने नियम छ ।

लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालोसूचीमा राखी असुली प्रक्रिया अघि बढाउने उनले । तिहारपछि लाइन काट्ने प्रक्रियालाई अझै तीव्ररुपमा अघि बढाउने प्रमुख श्रेष्ठले जानकारी गराए।

दसैँअघि पाँच महिनाभन्दा बढी अवधिसम्म महसुल नबुझाउने तीन हजार ४ सय बढी ग्राहक रहेकोमा लाइन काट्ने महाअभियान सुरु गरेको १० दिनमै ९८१ मा झरेको भरतपुर वितरण केन्द्रले जानकारी गराएको छ ।

लाइन काटिने डरले एक हजार ५०० बढी ग्राहकले आफैँ विद्युत महसुल बुझाएको प्राधिकरणले जनाएको छ ।

himalayan life insurance
igi long