macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

युनिलिभर नेपालले पश्चिम नेपालका भुकम्प पिडितहरुलाई राहत प्रदान

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भुकम्पबाट प्रभावित जन समुदायहरुको साथमा ऐक्यबद्धता जनाएको छ ।

मानवीय सहायता प्रति आफ्नो प्रतिबद्धताको एक हिस्सा स्वरुप युनिलिभर नेपालले प्रभावित क्षेत्रहरुमा अत्यावश्यकीय सहायता सामग्रीहरु उपलब्ध गराएको छ । यतिखेर जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट अत्याधिक प्रभावित स्थानीय जन समुदामयहरुलाई सहायताको ठूलो आवश्यकता रहेको छ ।

युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधी र औषधोपचार सामग्री, ७०० थान् ब्ल्याँकेटहरु, २५० थान पालहरु र स्थानीय रुपमा खरिद गरिएका थप खाद्यान्नहरु जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको छ ।

युनिलिभर नेपालले स्थानीय निकायहरु, संघसंस्थाहरु, संगठनहरु र समुदायहरुसंग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी ढंगले गरिरहेको छ ।

युनिलिभर नेपाल संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपदजन्य सहयोगमा योगदान पु¥याउन र समुदायहरुको पुनः निर्माणमा सहायता प्रदान गर्न प्रतिबद्ध छ ।

२० कात्तिक २०८०, सोमवार ०५:२० बजे प्रकाशित

NTA long ad