macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

उपभोक्ताले चिनीबिनाकै मनाए दशैँ

सरकारको चरम लापरबाही

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । असोज अन्त्यतिर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी बजारमा बेच्न चिनी उद्योगीसँग सहमति गरे पनि चिनीबिना नै उपभोक्ताले दशैँ मनाएका छन् ।

बजारमा अभाव र कालोबजारी हुन सक्ने सामानलाई प्रतिस्पर्धात्मक बनाउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेट र साल्ट ट्रेडिङ कर्पोरेसन हुँदाहुँदै व्यापारीलाई नै चिनी बेच्नुपर्छ भनी विभागले सहमति गरेसँगै झनै कालोबजारी मौलाएको हो ।

विभागले कार्तिक २ गते बुधबारबाट १ सय १५ रुपियाँमा खुद्रा पसलेले चिनीको आपूर्ति सहज बनाएको दाबी गरे पनि उपत्यकाका अधिकांश पसलमा चिनीको छैन ।

विभागका महानिर्देशक तीर्थराज चिलुवालले विभागकै सहमतिमा एभरेस्ट र हिमालयन सुगर मिलमा रहेको १ हजार मेट्रिक टन चिनी बजारमा बेच्न पढाइएको बताउनुभयो । उहाँले केही दिन अगाडि ११ ओटन चिची मिलको स्टक निरीक्षण गर्ने क्रममा अन्यमा मौज्दात नरहेको बताउनुभयो ।

अहिले  भएको  चिनी कोक र पेप्सीका लागि बेच्न राखेको चिनी बजारमा पठाएको उहाँले बताउनुभयो । ५० हजार मेट्रिक टन भारतबाट मगाएको नआएपछि चिनीको अभाव भएको विभागले जनाएको छ ।

चाडवाडको समयमा गुलियो परिकार पकाएर खाने नेपालीका लागि यसपालिको दशैँमा भने मासुभातमा मात्र सीमित हुनु परेको छ । अन्य बेलाको तुलनामा चाडवाडका बेला चिनीको माग ह्वात्तै बढ्ने गर्छ ।  यस्तो बेलामा चिनीको मागलाई सरकारले नै ख्याल नगर्दा उपभोक्ताले दुःख पाएका छन् ।

यस्तै खुद्रा व्यापार संघका कोषाध्यक्ष वसन्त श्रेष्ठले कार्तिक १ गते मंगलबारसम्म नपाइएको चिनी बुधबारबाट केही होलसेलरहरुले बेचेको बताउनुभयो । उहाँले यसो भनी रहँदा चिनी आवश्यक पर्नेहरुले पनि मिश्रीबाट काम चलाइरहेको पाइएको छ ।

काठमाडौं भीमसेनगोला बस्ने चिरकाजी महर्जनले आफूले अधिकांश पसलमा चिनी खोजे पनि नपाइएपछि मिश्रीले काम चलाएको बताउनुभयो । साल्ट ट्रेडिङका अनुसार अहिले कम्पनीले किलोको ९७ रुपियाँमा चिनी बिक्री

गरिरहेको छ । यद्यपि उसले पनि मागअनुसार चिनी आपूर्ति गर्न सकेको छैन । साल्ट ट्रेडिङ लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थानलगायतले काठमाडौं उपत्यकाभित्र तीनवटा घुम्तीसहित ३५ वटा सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

त्यसबाहेक देशका विभिन्न भागमा पनि यस्ता पसलहरू सञ्चालनमा ल्याइएका छन् । केही अघि बजार अनुगमनका क्रममा सरकारले जफत गरेको ७ सय क्विन्टल चिनी साल्ट ट्रेडिङलाई बिक्रीका लागि दिएको थियो । त्यसैलाई अहिले कम्पनीले बिक्री गरिरहेको छ ।

चिनीमा कालोबजारी

बजारमा चिनीको अभाव देखिएसँगै व्यापारीहरुले चिनीको मूल्य बढाएका छन् । गत असोज महिनासम्म ९५ रुपियाँ प्रतिकेजीमा उपलब्ध चिनीको मूल्य यति बेला प्रतिकेजी १ सय ७० रुपियाँसम्म बिक्री भइरहेको उपभोक्तहरुले बताउने गरेका छन् ।

गत कार्तिक १ गतेसम्म मंगलबारसम्म बजारमा अभाव देखिएको चिनी एकाएक बुधबारबाट महँगो मूल्यमा बजारमा पाउन थालिएको छ । यसरी कालोबजारीमा बेचिने चिनी भने व्यापारीले आफूले चिनेका र व्यापारीलाई मात्र दिने गरेको उपभोक्ताले बताउने गरेका छन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद अधिकारी चिनीको विषयमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरिरहेको र वाणिज्य विभाग, स्थानीय सरकारको पनि दायित्व भएको हुनाले सबैको सहमतिमा अनुगमनको आवश्यक रहेको बताउनुभएको छ । बजारमा चिनीको मूल्य बढी लिइएको पाइए कारबाहीका लागि जानकारी गराउन अनुरोध गर्नुभएको छ ।

सीमा जोडिएका ठाउँमा भारतीय चिनी

तराईका जिल्लाहरुमा चिनीको खुद्रा मूल्य १ सय रुपियाँमा चिनी पाइने गरेको छ । सर्लाहीको मलंगवा, हरिऔन, वरहथवा, लालबन्दीजस्ता ठाउँको अधिकांश पसलमा चिनी मौज्दात रहेको पाइएको छ । चिनीको अभाव नरहनुमा भारतीय खुला बजारबाट चोरी भएर आएको स्थानीयहरुले बताएका छन् ।

सरकार दाबी
विभागका अनुसार अनुसार अहिले सरकारले खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई १०÷१० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको जनाएको छ ।

त्यस क्रममा साल्ट ट्रेडिङले १५ दिने बोलपत्र आह्वान गरेर त्यसको मूल्यांकन गर्ने क्रममा रहेको छ भने खाद्यले ४५ दिने सूचना निकाल्नुपर्ने भएकाले अझै बोलपत्रको अवधि बाँकी रहेको छ । विभागले अहिले ठेकेदारको मूल्यांकनको चरणमा रहेको तर भारतले चिनी निर्यातमा गरेको कडाइका कारण समस्या परेको जनाएको छ ।

उनले सबै प्रक्रिया पूरा गरेर पहिलो चरणमा १० हजार मेट्रिक टनमध्ये तिहार अगाडि नै २ हजार ४ सय मेट्रिक टन चिनी ल्याउने प्रयासमा कम्पनी रहेको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

१२ कात्तिक २०८०, आइतवार ०६:२७ बजे प्रकाशित

NTA long ad