macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालनमा

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विजया दशमीको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातका साधन कम चलेको अवस्थालाई मध्यनजर गर्दै तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालनमा आएको छ ।

दसैँको बेला आवतजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा महाअष्टमीदेखि विजयादशमी ९टीका०को दिनसम्म निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।

दुई वटा रुटमा बिहान साढे ८ बजेदेखि साँझ ६ बजेसम्म गरी दुई चरणमा निःशुल्क बस सञ्चालन भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ

एउटा बस सशस्त्र प्रहरी बलको कार्यालय स्वयम्भू हल चोकदेखि वनस्थली, बसुन्धारा, चाबहिल, कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै हलचोकसम्म र अर्को बस सशस्त्र प्रहरी बलको कार्यालय स्वयम्भू हल चोकदेखि स्वयम्भू चोक, कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, वनस्थली हुँदै हलचोकसम्म सञ्चालनमा रहेको जाइएको छ ।

७ कात्तिक २०८०, मंगलवार ०५:३८ बजे प्रकाशित

NTA long ad